एजेन्सी । वेल्सकी राजकुमारी केट मिडलटनमा क्यान्सर पुष्टि भएको छ ।
एक भिडियो सन्देश जारी गर्दै उनले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको जनाएकी छन् ।
उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक दिन बलियो हुँदै गइरहेकी छु ।’
भिडियोमा केटले गत जनवरीमा पेटको अप्रेसन गरेको खुलाए पनि त्यतिबेला त्यहाँ क्यान्सर देखिएको वा नदेखिएको बताएकी छैनन् ।
यस्तै उनलाई कुन क्यान्सर भएको भन्नेबारे पनि केही खुलाइएको छैन ।
Leave a Reply