काभ्रे । प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको छ । उपचारका लागि भारत जान बिदा लिएका उनलाई प्रहरीले काभ्रेबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा
बेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोपमा खरेललाई पक्राउ गरिएको हो ।
साथै उनले अन्य पनि दोहोरो नागरिकता दिएको अनुसन्धानबाट खुलेको थियो ।
हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply