Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संसद् भवनमा लघुवित्त पीडित छिरेपछि इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाइयो

    संसद् भवनमा लघुवित्त पीडित छिरेपछि इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 7.8K
    SHARES

    काठमाडौँ । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।

    गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेरअघि संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसिएको हो ।



    उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । उनीहरुको ठाउँमा नयाँ टोलीलाई खटाइसकिएको पनि बताइएको छ ।



    सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

    समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

    यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर सोधपुछ गरिरहेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।

    त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए । सो घटनाले सिंहदरबारमा हलचल ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार