काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ ।
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट आज बिहान १० बजे हुन लागेको हो । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुनेछ ।
कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका थिए । आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ ।
Leave a Reply