काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निवर्तमान अध्यक्ष डा उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
केसी विगत ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख ४ गतेदेखि २०७५ पुस २० सम्म बैंकका अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।
हाल अध्यक्षमा नियुक्त हुनु अघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
Leave a Reply