Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भारतविरूद्ध हेडको शतक, अस्ट्रेलिया जिततर्फ अग्रसर

    भारतविरूद्ध हेडको शतक, अस्ट्रेलिया जिततर्फ अग्रसर

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरेका छन् ।

    उनले ९५ बलमा १४ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरे । उनले ३५.५ ओभरमा शतक पूरा गर्दा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १८५ रन जोडेको थियो ।



    उनले मार्नस लबुसेनसँग १४४ रनको साझेदारी गरिसकेका छन्। यसअघि खराब सुरुवात गरेको अस्ट्रेलियाले ७ ओभरभित्र ३ विकेट गुमाएको थियो ।



    त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार