काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले १०० रन पूरा गरेको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १९.१ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो ।
अहिले २३ ओभरमा १२२ रन बनाएर अस्ट्रेलिया खेलिरहेको छ ।
५१ रन बनाएका ट्राभिस हेड र २३ रन बनाएका मार्नस लाबुसचेन क्रिजमा छन् ।
भारतले अस्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ।
Leave a Reply