Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाबाट थप एकजनाको मृत्यु

    कोरोनाबाट थप एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    वीरगन्ज । वीरगन्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

    वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे ।



    साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी , ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार