Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्‍यु

    कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्‍यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    सिरहा । कोरोना सङ्क्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।



    ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।



    सड्क्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार