Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • यी बैंकहरूले ब्याजदर घटाए

    यी बैंकहरूले ब्याजदर घटाए

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 768
    SHARES

    काठमाडौं । मंसिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् ।

    मङ्सिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।



    नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकले कात्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरूले साउनदेखि ब्याजदर आ–आफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् ।



    बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार