Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलले हाने दोहोरो शतक

    अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलले हाने दोहोरो शतक

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा ग्लेन म्याक्सवेलको कीर्तिमानी २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन् ।

    अफगानिस्तानले यसअघि पाकिस्तान र इङ्ल्यान्डजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु निरीह बन्यो ।



    ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याएका हुन् ।



    यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार