Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : श्रीलंकाले बङ्गलादेशलाई दियो २८० रनको लक्ष्य

    विश्वकप क्रिकेट : श्रीलंकाले बङ्गलादेशलाई दियो २८० रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 870
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले बङ्गलादेशलाई २८० रनको लक्ष्य दिएको छ ।

    दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका चरिथ असलन्काले शतक बनाए ।



    उनी १ सय ५ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै पथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ रन जोडे ।



    बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान २ विकेट लिए ।

    श्रीलङ्का ७ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ भने बङ्गलादेश पनि ७ खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार