Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • नेदरल्यान्ड्सलाई हराउँदै अफगानिस्तान पाँचौँ स्थानमा उक्लियो

    नेदरल्यान्ड्सलाई हराउँदै अफगानिस्तान पाँचौँ स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । आज शुक्रबार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

    नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।



    यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।



    यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । सात खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स भने तालिकाको आठौँ स्थानमा छ । नेदरल्यान्ड्स जारी विश्वकपको उपाधि होडबाट बाहिरिने दोस्रो टोली बनेको छ । बंगलादेश यसअघि नै जारी विश्वकपको उपाधि होडबाट बाहिरिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार