Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा

    विश्वकप क्रिकेट : श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यो रनको आधारमा विश्वकपको सबैभन्दा ठूलो जित हो ।

    भारतले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर ४ बलमा ५५ रनमै अलआउट भयो । श्रीलङ्काका कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । उसका ४ जना खेलाडी शून्य रनमै आउट भए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५, र मोहम्मद सिराजले ३ विकेट लिए ।



    यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए ।



    बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए । अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार