Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

    सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.1K
    SHARES

    तस्बिर सौजन्य : विपिन ढुंगाना

    मेलम्ची। सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ।

    इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो। शव भेटिएपनि पहिचान हुन बाँकी रहेको बताए।



    उनका अनुसार मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।



    पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार