Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब लगानीमा पुनर्निर्माण गरिने

    सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब लगानीमा पुनर्निर्माण गरिने

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले २ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरिएकाे जानकारी दिए ।



    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।



    साथै सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँ लगानी गरेर पुनर्निर्माणको काम गरिने जनाएकाे छ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार