काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको र खाल्डाखुल्डी बनाएका सडकको ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले बाँकी ५० प्रतिशत सडक आउँदो तिहारअघि नै मर्मत गरिसक्ने गरी काम भइरहेको बताए ।
मन्त्री ज्वालाले भने–‘दसैँअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैँअघि यो सम्भव भएन । दसैँअघि ५० प्रतिशत मात्र काम गर्न सक्यौँ । बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गरिसक्छौँ ।’
Leave a Reply