Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : भारतसँग बंगलादेश ७ विकेटले पराजित, विराट कोहलीको शतक

    एकदिवसीय विश्वकप : भारतसँग बंगलादेश ७ विकेटले पराजित, विराट कोहलीको शतक

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आइसीसी एकदिवसीय विश्वकपमा भारतले लगातार चौथो जित निकालेको छ । पुणेमा भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

    बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको जितमा विराट कोहली १०३ रनमा अविजित रहे ।



    त्यस्तै केएल राहुलले अविजित ३४ रनको योगदान दिए । भारतका लागि शुभम गिलले ५३, कप्तान रोहित शर्माले ४८ र श्रेयस लयरले १९ रन बनाए ।



    यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर २५७ रन बनाएको थियो । बंगलादेशका लागि लिटन दासले सर्वाधिक ६६ रन बनाए । त्यस्तै तन्जिद हसनले ५१, महुमुदुल्लाहले ४६, मसुफिकर रहिमले ३८ रन बनाए ।

    यो जितपछि पनि भारत अंक तालिकाको शीर्ष स्थानमा भने उक्लिन सकेन । उसले चार खेलबाट ८ अंक जोडेको छ । नेट रन रेट राम्रो हुँदा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार