Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : न्युजिल्यान्डले अफगानिस्तानलाई दियो २८९ रनको लक्ष्य

    विश्वकप क्रिकेट : न्युजिल्यान्डले अफगानिस्तानलाई दियो २८९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 609
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई २८९ रनको लक्ष्य दिएको छ ।

    भारतको चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको हो ।



    न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ तथा टम लाथमले ६८ र विल योङले ५४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र अजमतुल्लाह ओमरजाईले २/२ विकेट लिए ।



    यसअघिका तीन वटै खेल जितेको न्युजिल्यान्ड ६ अङ्कसहित दोस्रो स्थानमा छ । ३ खेलमध्ये १ खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार