Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित

    एकदिवसीय विश्वकप : साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 849
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित निकालेको छ । आइतबार आफ्नो तेस्रो खेलमा इंगल्याण्डलाई ६९ रनले हराउँदै अफगानिस्तानले पहिलो जित दर्ता गरेको हो ।

    अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन मात्र बनाउन सक्यो ।



    इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै डेविड मलानले ३२ तथा आदिल रसिदले २० रन बनाए । अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।



    अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहमद नाबीले २ विकेट लिए ।

    यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार