Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : भारतसँग पाकिस्तान सात विकेटले पराजित

    एकदिवसीय विश्वकप : भारतसँग पाकिस्तान सात विकेटले पराजित

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 687
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँगले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।

    शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो ।



    भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।



    यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए ।

    भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २÷२ विकेट लिए । यो विश्वकपमा भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार