Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • सहकारीको रकम हिनामिना गर्ने ग्यालेक्सी टिभीका संचालक राईसहित १३ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

    सहकारीको रकम हिनामिना गर्ने ग्यालेक्सी टिभीका संचालक राईसहित १३ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । सहकारीका बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा ‘ग्यालेक्सी फोर के’ टेलिभिजनका सञ्चालक जीबी राईसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा सञ्चालक राई र कुमार रम्तेलसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।



    सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि राई र रम्तेलसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी यसअघि नै जारी गरिसकेको थियो ।



    वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साले जनाएको छ ।

    जिल्ला अदालत पर्साले सानो पाइला बचत तथा ऋण सहकारीका संस्थापक राई जीबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सहकारीका पूर्व कोषाध्यक्ष कुमार रम्तेल विरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

    यस्तै सहकारीका सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार