काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री बहादुर खड्काले मन्त्रीहरुसङ्गछलफल गरेका छन ।
सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको हो ।
शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्रीधनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारेकुराकानी गरेका थिए ।
कानुनमन्त्री धनराज गुरुङ्का अनुसार मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीचवार्ता हुने छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै कानुनमन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने जिकिर गरे ।अबको छलफल निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
Leave a Reply