काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले भनेका छन्,‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं ।’
अध्यक्ष ओलीले भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्।
Leave a Reply