Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

    नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पटक पटक स्थागित हुँदै अाएकाे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक अब अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार स्रुर्य थापाका अनुसार मंगलबार ११ बजेका लागि तय भएको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएकाे हाे।

    मंगलबारको बैठकअघि बिहान ९ बजे ओली र प्रचण्डले भेटवार्ता गर्ने बताइएको थियो । त्यसअघि छलफल गर्न भन्दै बिहानै प्रचण्ड निवास खुमलटारमा नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छलफलमा जुटेका थिए । खुमलटार स्रोतले दिएको जानकारीअनुसार सो छलफलपछि ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि बैठक रोकिएको हाे।



    असार १० गते सुरु भएको नेकपा स्थायी समितिको बैठक १८ गतेपछि पुन सुचारु नहुँदै अनिश्चित समयका लागि स्थगित भएको हो । २० गतेका लागि तोकिएको बैठक त्यसपछि २२ गते, २४ गते, २६ गते हुँदै साउन २ गतेका लागि सारिएको थियो । त्यसपछि साउन ४ हुँदै ६ गतेका लागि सारिएकोमा ६ गते बिहानको ११ बजेको बैठक सारेर १ बजेका लागि तोकिएको थियो। ६ गते एकैछिन बसेर बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित १३ गतेसम्मका लागि स्थगित भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार