Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • च्याखे थाप्दा थाप्दै बामदेव यता न उता, ओली र प्रचण्डले नै विश्वास गर्न छाडे

    च्याखे थाप्दा थाप्दै बामदेव यता न उता, ओली र प्रचण्डले नै विश्वास गर्न छाडे

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेकपाका नेताहरू व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका बेला नेता बामदेव गौतम भने च्याखे थापेर बसेका छन् । गौतमलाई साथ दिएका नेकपाका नेता र पूर्वसासंसदहरूले छाडेर आफ्नो कित्ता काट गरिरहेका छन् ।

    गौतमले भने पार्टी एकताको नाममा आफूलाई निष्पक्षताका नाममा बीचमा राखेका छन् । गौतमको व्यक्तिवादी चरित्रलाई नजिकबाट चिनेका नेताहरूले साथ छाडेर आफ्नो बाटो लागेका हुन् ।



    गौतमको पछाडि तीन–चार जनाभन्दा धेरै नेताहरू छैनन् । गौतमसँग रहेका नेताहरूले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल वा केपी ओली समूहलाई साथ दिइरहेका छन् । गौतमले पार्टी एकताका नाममा आफूलाई बीचमा राखेका छन् । काठमाडौंको नागपोखरीस्थित एउटा कफी सपमा गौतमले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई भेट गरेको भनेर समाचार बाहिरिएको थियो । गौतमको सचिवालयले भेटलाई अवीकार गरेको थियो ।



    गौतमले नेकपाका विभाजित दुबै समूहलाई मिलाउनलाई आफू सक्रिय रहेको बताउँदै आएका छन् । गौतमले एउटा राष्ट्रियस्तरको एउटा टेलिजिभनको अन्तर्वार्तामा दुबै नेकपालाई आफूले मिलाएर छाड्ने बताएका छन् । दुइटै नेकपालाई मिलाउने जनाएका गौतमलाई उनै नेताहरूले धमाधम छाडेका छन् ।

    गौतमलाई अहिले आएर प्रचण्ड–माधव समूह र ओली समूहले विश्वास गर्न छाडेका छन् । गौतमले यस्तै अवस्था रह्यो भने सीपी मैनालीले जस्तै अलग पार्टी बनाएर बस्ने सम्भावना पनि धेरै छ । गौतमले सूर्य चुनाव चिन्ह जता हुन्छ, आफूलाई त्यतै लैजाने तयारी गरेका छन् । संकटको बेला साथ नदिएका गौतमलाई सहज अवस्था भयो भने उपयुक्त दिने सम्भावना निकै कम छ ।

    गौतमले नेकपाको अध्यक्ष र प्रधानमन्त्रीमध्य एउटा पद माग गर्दै आएका छन् । गौतमले यी दुबै पद पाउने सम्भावना निकै कम छ । आफूलाई प्रधानमन्त्री पदका लागि तयारी अवस्थामा राखेका गौतमलाई सोँचेको पद पाउन निकै कठिन छ ।

    उनले आफूलाई संकटका बेला कित्ता काट गर्न सकेका छैनन् । भविष्यमा गौतमलाई प्रधानमन्त्री दिने कुरा निकै कम छ । गौतमलाई साथ दिँदै आएका नेताहरूले पनि धमाधम साथ छाड्दै आएका छन् ।

    गौतमका लागिका धर्म संकट भएको छ । उनले आफूलाई छिटोभन्दा छिटो एउटा कित्तामा उभ्याएनन् भने राजनीति आफैले समाप्त पार्नेछन् । चिनियाँहरूको दवावमा रहेको आरोप गौतमलाई छ । चिनियाँहरूकै दवावमा नेकपालाई मिलाउन गौतमले भूमिका खेलेको आरोप छ ।

    चीन र गौतमले भनेकै भरमा अहिले नेपालको राजनीति मिल्ने सम्भावना छैन । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार