Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • खुमलटारमा चार नेताबीच छलफल: अब कुनैपनि बाहनामा स्थायी समिति बैठक नरोक्‍ने

    खुमलटारमा चार नेताबीच छलफल: अब कुनैपनि बाहनामा स्थायी समिति बैठक नरोक्‍ने

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपाभित्रकाे विवादले फेरि नयाँ मोड लिएको छ। उक्त विवादलाइ साम्य पार्न अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा सोमबार दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच लामो छलफल भएको स्राेतले बताएकाे छ।

    उक्त छलफलमा सहभागी एक नेताका अनुसार पार्टी विवाद जटिल हुँदै गएकाेले अब कुनै पनि बाहनामा स्थायी समिति नरोक्‍ने सहमति भएको सहभागी छ। पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्थाले पार्टी विवादलाई जटिल बन्दै गएकाे स्राेतका भनाइ छ।



    पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि प्रधानमन्‍त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। असार १० गते सुरु भएको बैठक अहिलेसम्म आठपटक स्थगित भइसकेको छ। साउन १३ गते मंगलबार बोलाइएको बैठक ओलीले रोक्‍न खोजे अर्का अध्यक्ष प्रचण्डले अघि बढाउने सहमति खुमलटार बैठकमा भएको छ। चार नेताबीचको छलफलअघि सोमबार बिहान प्रचण्डले गृहमन्‍त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग पनि छलफल गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार