काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् ।
बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको हो,’ उनले भने ।
महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । यस्तै उनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्ने माग गरे ।
अब हुने अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।
Leave a Reply