Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतीय गाडी निषेध गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यावसायीको प्रदर्शन

    भारतीय गाडी निषेध गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यावसायीको प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 960
    SHARES

    काठमाडौं । ट्याक्सी चालकहरूले नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी तेर्साएर विरोध जनाएका छन् ।

    रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका हुन् ।



    करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।



    भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी तथा चालकहरू आन्दोलित भएका हुन् ।

    उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार