Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेस महामन्त्री शर्माले भने – आज आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग पछि गरौँला

    कांग्रेस महामन्त्री शर्माले भने – आज आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग पछि गरौँला

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 855
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेको बताएका छन् ।

    शनिबार नेपाली कांग्रेस काठमाडौंमा प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले अहिले पार्टीभित्र युवा नेताहरू कुनामा बसेर दुनोमा खाने अवस्था रहेको बताए । उनले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताए ।



    महामन्त्री शर्माले भने,’नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला । बाह्रै मास चुनावको चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ ।’

    कांग्रेस मिसन ८४ भन्दै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसको मिसन काम भएको महामन्त्री शर्माले बताए ।

    देशमा सबै ठिक ठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार