Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • श्रमिकको ज्याला न्यूनतम २५ हजार निर्धारण गर्न माग गर्दै ट्रेड युनियनद्वारा प्रदर्शन

    श्रमिकको ज्याला न्यूनतम २५ हजार निर्धारण गर्न माग गर्दै ट्रेड युनियनद्वारा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 957
    SHARES

    काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    लामो समयदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढ्न नसकेको भन्दै श्रमिकलाई जिउन पुग्नेगरी पारिश्रमिक बढाउन माग गर्दै उनीहरुले दबाबमुलक प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनमा सहभागीहरूले ‘श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर’, ‘श्रम आयोग गठन गर’, ‘नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।



    उनीहरुले आफूहरूको मागका विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

    त्यस्तै, आज बसेको प्रतिनिधीसभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजारबाट बढाउन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार