Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • विवाद मिलाउने र दुबै पद जोगाउने ओलीको यस्तो रणनीति

    विवाद मिलाउने र दुबै पद जोगाउने ओलीको यस्तो रणनीति

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । झण्डै–झण्डै टुक्रिने अवस्थामा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिल्ने भएको छ । आ–आफ्ना अडानमा रहेका नेकपाका दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएसँगै विवाद मिल्ने देखिएको हो ।

    ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेर तत्कालका लागि विवाद टुंग्याउने र आफ्नो दुबै पद थमौती राख्ने रणनीति अगाडि सारेका हुन् ।



    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् ।

    यद्यपी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको बताए ।

    सचिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

    नेकपाको स्थायी कमिटी बैठक बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ ।

    सचिवालय बैठकलगत्तै अध्यक्षछय ओली र दाहाल शीतल निवास पुगेका थिए । बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

    राष्ट्रपतिसँगको छलफलले निष्कर्ष निकाल्न सक्ने नेकपाका एक नेताले जानकारी गराए ।

    प्रधामनमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान दिएपछि विवाद चर्किँदै गएकोमा आज भने सहमतिको बिन्दुतर्फ छलफल भएको हो।

    प्रधानमन्त्री ओलीले भने दुबै पद नछोड्न अडान राख्दै आएका छन् ।

    यसअघि स्थायी कमिटीबाट विवाद समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको थियो ।

    बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।

    प्रचण्ड–नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो ।

    प्रचण्ड–नेपाल पक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने अडामा छन् भने ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने तथा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने बरु हरेक परिस्थितिको सामना गर्ने निर्णय गरेका छन् ।

    नेकपा स्थायी कमिटीमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार