Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नासु कुटेको विरोधमा न्यायालयका कर्मचारी आन्दोलनमा

    नासु कुटेको विरोधमा न्यायालयका कर्मचारी आन्दोलनमा

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 879
    SHARES

    काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्।

    आइतबार त्यस घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकिएको हो । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।



    गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अमिर लामिछानेले कुटपिट गरेका थिए। नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् ।



    कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार