Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालत मुद्दा दायर

    घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालत मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 975
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

    सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध अख्तियारले मङ्गलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको थियो ।



    आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार