Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन

    आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको सरकारलाई प्रतिवेदन बुझाएको छ ।

    आज (बुधबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको पुनःसंरचनामा जोड दिँदै प्रतिवेदन बुझाएको हो ।



    समितिले अन्य नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनःसंरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल, आमसञ्चार माध्यमको विकास, आमसञ्चार क्षेत्रमा बहुलता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी विषयमा पनि सुझावहरु प्रस्तुत गरेको छ ।



    समितिको प्रतिवेदनमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि गर्नुपर्ने सुधार र सोको पुस्ट्याँइ, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदा, राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकको मस्यौदा र नेपाल आमसञ्चार प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकको मस्यौदा गरी चार वटा कानूनका मस्यौदा संलग्न छन् ।

    सरकारले २०७९ फागुन २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार