Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नेपाल भारतबीचको मित्रता होला त ‘सुपर हिट’ ?

    नेपाल भारतबीचको मित्रता होला त ‘सुपर हिट’ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार सातबुँदे सम्झौता भयो ।

    हैदरावाद हाउसमा बिहीबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपाल र भारतबीच सात बुँदामा सम्झौता भएको हो ।



    द्विपक्षीय छलफलपछि प्रधानमन्त्री दाहाल र मोदीबीच नेपाल–भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुप्याउने सहमति भएको छ ।



    त्यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको हो ।

    प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी गराए । ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको समेत जनाएका छन् ।

    भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार