Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बलिउडका सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण, मुम्बईको अस्पतालमा भर्ना

    बलिउडका सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण, मुम्बईको अस्पतालमा भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। बलिउडका  चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ। कोरोना  संक्रमण देखिएपछि बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।

    ७७ वर्षीय  बच्चन आफैले यसबारे जानकारी दिएका छन्। अमिताभ बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, “मलाई कोरोना सकारात्मक भेटियो,अस्पतालमा भर्ना भएको छु ।  परिवार र अन्य स्टाफको पनि जाँच भैरहेको छ।’उनको परिवारको भने रिपोर्ट आउन बाँकी रहेको छ।



    आजतकका अनुसार कोरोना पोजिटिभ देखिएका बच्चन  कौन बनेगा करोडपतिका लागि शूटिंग गर्दै थिए। उनले कार्यक्रमको प्रोमो भिडियो शूट गरेका थिए। उनले बिग बीसँग रहेका परियोजनाहरू पनि संचालन गर्दै थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार