Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपा स्थायी कमिटीको बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटीको बैठक फेरि पनि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक फेरि पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक आज ११ बजेका लागि तय भएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक स्थगित भएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् ।



    स्थायी समिति बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको थापाले जनाएका छन् । केही दिनयता ओली र प्रचण्डबीच वान टु वान वार्ता भइरहेको छ ।



    स्थायी कमिटीका बहुमत सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागेपछि ओली संकटमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार