काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ।
वर्षाका कारण सम्भव नभएपछि अब बाँकी खेल मंगलबार बिहान ९ बजेदेखि जारी हुने भएको हो ।
स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो ।
यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।
फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।
Leave a Reply