Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली र प्रचण्डबीचकाे निर्णायक वार्तामा चार सहयोगी नेता

    ओली र प्रचण्डबीचकाे निर्णायक वार्तामा चार सहयोगी नेता

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक वार्तामा जुटेका हुन् ।



    बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार