Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजै ओली र प्रचण्डबीच निर्णायक वार्ता

    आजै ओली र प्रचण्डबीच निर्णायक वार्ता

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपाभित्रको विवाद अन्त्यकाे लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार निर्णायक वार्ता हुँदैछ।

    पछिल्लाे केहि दिनदेखि चर्किएको आन्तरिक कलहले विस्फोटक रुप लिएपछि एकताको अन्तिम प्रयास स्वरुप नेकपाका द्वय अध्यक्ष बीच निर्णायक वार्ता हुन लागेकाे नेकपा सचिवालयले जनाएकाे छ।



    निर्णायक वार्ता अघि दुवै पक्षबाट आन्तरिक परामर्श तथा तयारी भइरहेको छ। आकस्मिक रुपमा तय भएको राष्ट्रपतिसँगको भेटवार्ताका कारण बिहान ११ बजे हुने भनिएको निर्णायक वार्ता पछि सरेको छ।



    दुई अध्यक्षबीचको यही निर्णायक वार्तापछि पार्टीभित्रको कहल वारपारको अवस्थामा जाने बताइएको छ। सहमति भएर एक भएर अघि बढ्ने संभावना पनि बाँकी छ भने पार्टी विभाजन हुने जोखिम पनि छ।पार्टी एकतालाई बचाउन युवा नेताहरु क्रियशाली भएका छन् र दुवै पक्षका शीर्ष नेताहरुसँग भेट्‍ने र सम्झाउने काम भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार