Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पुन, बस्नेत,पोखरेल र मगर राजिनामा दिने तयारीमा, बादल र भट्ट अन्योलमा

    पुन, बस्नेत,पोखरेल र मगर राजिनामा दिने तयारीमा, बादल र भट्ट अन्योलमा

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार मन्त्री र सल्लाहकार टिमसहितको वैठक राखी  मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न राखेपछि कित्ता स्पष्ट पार्न केही मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन्।

    पार्टीकै नेताहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको जानकारी समेत उनले मन्त्रीहरुलाई  गराएका थिए ।



    केही मन्त्रीहरु राजिनामा दिनका लागि अध्यक्ष प्रचण्डको निर्देशन कुरिरहेका छन् । पूर्व माओवादी खेमा मन्त्रीहरुले राजिनामा दिने बुझिएको छ । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरले राजिनामाबारे छलफल थालेका हुन् ।



    उनीहरु प्रधानमन्त्री हटाउने भेलामा समेत सहभागी भएका थिए । उद्योगमन्त्री लेखराज भट्ट भने प्रधानमन्त्री ओलीको पक्षमा रहेका कारण उनले राजिनामा नदिने स्रोत वताउँछ। शिक्षा मन्त्री गिरिराजमणी पोखरेल पनि राजिनामा दिने तयारीमा रहेको स्रोत वताउँछ ।

    प्रधानमन्त्री हटाउने भेलामा गृहमन्त्री रामबहादुर थापा सहभागी भए पनि पदमा टिकिरहने स्वभावका उनी राजिनामाको बिषयमा अन्योलमा परेको वताइन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार