काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता मावधकुमार नेपाल समूहको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिन दबाब दिने निर्णय गरेको छ ।
ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न बहुमतप्राप्त स्थायी समितिका सदस्यको भेलाले स्थायी समिति बैठकबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामाका लागि निर्देशन दिने निर्णय निकालिएको हो ।
भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ३० जना नेता सहभागी थिए । भेलामा पर्यटनमन्त्री योगेश भट्टराई भने थिएनन् ।
भेलामा सरकारमा सहभागी प्रचण्ड र नेपालनिकट सबै मन्त्रीहरू सहभागी रहेको एक नेताले वताए। दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढेका छन् ।
तर ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको उनीनिकट नेताहरु बताउँछन् ।
Leave a Reply