Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • झम्सिखेलमा दाहाल-नेपाल समूहको छलफल

    झम्सिखेलमा दाहाल-नेपाल समूहको छलफल

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता मावधकुमार नेपाल समूह छलफलमा जुटेका छन् ।

    बुधबार पाँच जनाले मात्र बोलेर स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी प्रस्तुत हुन आन्तरिक छलफलमा जुटेका दाहाल–नेपाल समूह बिहीबार बस्ने बैठकमा रणनीतिबारे छलफल भएको बताईएको छ ।



    भेलामा लामो समयदेखि अध्यक्ष ओलीसँग रहेका गृहमन्त्री रामबहादुर थापासहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए ।



    दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढेका छन् । तर ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको उनीनिकट नेताहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार