Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • उपराष्ट्रपति निर्वाचन

    प्रधानमन्त्रीसँग भोट माग्न बालुवाटार पुगे यादव, प्रचण्डको जवाफ – गठबन्धनको बैठकमा निर्णय गर्छौ

    प्रधानमन्त्रीसँग भोट माग्न बालुवाटार पुगे यादव, प्रचण्डको जवाफ – गठबन्धनको बैठकमा निर्णय गर्छौ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 570
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले शीर्ष नेताहरूसित भेटेर भोट माग्न थालेका छन् ।

    यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा भेट गरी भोट मागेका हुन् ।



    आजै बिहान उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेर मत मागेका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनबारे गठबन्धनको बैठक बसेर थप निर्णय गर्ने आश्वासन दिएको बताइएको छ ।



    यादव सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्दै निर्णय हुने प्रधानमन्त्रीले बताएका छन् । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ ।

    उपराष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झा तथा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उमेदवार बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार