काठमाडौं । लकडाउनका कारण बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।
शेयर बजार सुरु गर्ने चर्को दवाबकाबीच आइतबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।
लकडाउन सुरु भएदेखिनै चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २ दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो ।
Leave a Reply