Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • ११ हजार रुपैयाँ घुस लिएको आरोपमा कम्प्युटर अपरेटरविरुद्ध मुद्दा दायर

    ११ हजार रुपैयाँ घुस लिएको आरोपमा कम्प्युटर अपरेटरविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 546
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी छ ।



    अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा ६ हजार रुपैयाँ घुस लिएका थिए ।



    उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन,

    २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार