Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी- २० लिग : लुम्बिनीले काठमाडौंलाई दियो १८४ रनको लक्ष्य

    नेपाल टी- २० लिग : लुम्बिनीले काठमाडौंलाई दियो १८४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 615
    SHARES

    काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी- २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय ८४ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गर्यो।



    लुम्बिनीका लागि ३६ बलको सामना गरेका हरमितले दुई चौका र आठ छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर लहिरु मिलान्थाले २६ तथा गुल्शन झाले २१ रनको योगदान गरे।



    अनिल साह १६ रनमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। काठमाडौंका लागि अविनाश बोहराले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए।

    यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए। काठमाडौंको टिम ढिलो आइपुगेका कारण टस ढिलो हुँदा खेल १७ ओभरमा छोट्याइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार