काठमाडौं । हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा मंगलबार जनकपुर रोयल्सलाई एक सय ७९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट गुमाएर एक सय ७८ रनको योगफल तयार गर्यो।
लुम्बिनीका लागि हरमित सिंह र लाहिरु मिलान्थाको बीचमा ७७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
११.१ ओभरमा पहिलो विकेट गुमाएको लुम्बिनीका लागि हरमित सिंहले ४७ बलमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । लाहिरु मिलान्था ३३ तथा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।
कुशल भुर्तेलले १७ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए ।
जनकपुरका शराफुद्दिन अशरफले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।
Leave a Reply