Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी-२० लिगमा काठमाडौंद्वारा विराटनगर पराजित

    नेपाल टी-२० लिगमा काठमाडौंद्वारा विराटनगर पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 621
    SHARES

    काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई  पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ ।

    टियु मैदानमा भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।



    खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो ।



    तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो । विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए ।

    काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

    काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए ।

    विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार